एसएसपी भुपेन्द्र खत्रीद्वारा प्रहरी वृत्त बौद्धको निरिक्षण
वि.सं.२०८० माघ ११ बिहीवार १८:४३
4.23K
shares
shares

काठमाडौ । काठमाडौं जिल्ला प्रहरी परिसर प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीद्वारा प्रहरी वृत्त बौद्धको निरिक्षण गर्नु भएकाे छ । साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएकाे छ ।
एसएसपी भुपेन्द्र खत्रीले आम नागरिकको प्रहरी प्रतिको आस्था र विश्वास एवं अपेक्षा बढ्दै गईरहेको र जनताले अब प्रहरीलाई आफ्नो प्रमुख सहयात्रीका रुपमा लिएकाले प्रहरी पनि नागरिक प्रति उत्तरदायी भई सकरात्मक सोचका साथ जनतालाई नै केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा सम्पादन गर्न उहाँले निर्देशन गर्नुभएको हाे ।






























