“तालिम क्यालेण्डर निर्माण सम्बन्धी अभिमुखिकरण कार्यक्रम, २०८०” सम्पन्न

4.17K
shares

काठमाडौ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा आ.व. २०८१/०८२ का लागि प्रस्तावित “तालिम क्यालेण्डर निर्माण सम्बन्धी अभिमुखिकरण कार्यक्रम, २०८०” सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल प्रहरीअस्पताल,महाराजगञ्जका मेडिकल डाईरेक्टर प्रा.प्र.अ.म.नि. डा. आशा सिंह, यस प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. उमेश राज जोशी, नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका निर्देशक, प्रदेश प्रहरी तालिम केन्द्रका समादेशकहरू, प्रधानाचार्यहरू, नेपाल प्रहरीका प्रशिक्षण प्रदायक कार्यालयका प्रमुखहरु, यस प्रतिष्ठानको तत्वावधानमा तालिम सञ्चालन गर्ने प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रधान कार्यालय, वृत्ति विकास महाशाखा, तालिम शाखाका सिनियर प्रहरी अधिकृत-प्रतिनिधि, बजेट शाखाका सिनियर प्रहरी अधिकृत-प्रतिनिधि, प्रशिक्षण प्रदायक कार्यालयका तालिम सम्बन्धि गतिविधि हेर्ने सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु तथा लेखा शाखा प्रमुखहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष (Virtual) माध्यमबाट उपस्थिति रहेको थियो ।

कार्यक्रमको ढाँचा अनुरुप प्रमुख अतिथिहरुले कार्यक्रमको समुद्‍घाटन गर्दै, निष्पक्ष र पारदर्शी भर्ना छनौट गरी दक्ष जनशक्ति उत्पादन गर्ने तालिम प्रदायक निकायहरूले तालिम क्यालेण्डर निर्माण गर्दा तालिम आवश्यकता पहिचान (TNA) समेत गरी आधुनिक तथा वैज्ञानिक तवरले निर्माण गर्नुपर्ने र प्रशिक्षार्थी क्यालेन्डर (Trainees’ Calendar) समेत बन्न लागेको बताउँदै आवश्यक निर्देशन सम्बोधन गर्नुभएको थियो।

प्रतिष्ठानका प्र.ना.उ. फणिन्द्र प्रसाई र प्र.ना.उ. कौशल कुमार बुढाथोकीले आ.व. २०८१/०८२ को लागि प्रस्तावित तालिम क्यालेण्डर निर्माण सम्बन्धी अभिमुखिकरण-अनुशिक्षण प्रदान गर्नु भएको थियो ।

Virtual माध्यममा जोडिनु भएका सम्पूर्ण प्रहरी अधिकृतहरुबाट उठेका विभिन्न जिज्ञासाहरुको नेपाल प्रहरी प्रधान कार्यालय, वृत्ति विकास महाशाखा, प्रमुख प्र.व.उ. अबि नारायण काफ्ले,  प्रतिष्ठानका सह-निर्देशक प्र.व.उ. गोपाल चन्द्र भट्टराई र बजेट शाखाका सि.प्र.अ.-प्रतिनिधिले सम्बोधन गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083