कार्यकारी निर्देशक रनिङ कप २०८० समापन कार्यक्रम सम्पन्न

4.88K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा  कार्यकारी निर्देशक रनिङ कप २०८० समापन कार्यक्रम सम्पन्न भएकाे छ ।

२०८० माघ २२ गते स्वीकृत पाठ्यक्रम अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं समूहको  २०८० जेठ ६ गते देखि Non- Credit तर्फको कार्यकारी निर्देशक रनिङ कप (Executive Director Running Cup) २०८० को प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा भव्यताका साथ आज सम्पन्न हाे ।

प्रमुख अतिथिले प्रतियोगितामा समावेश गरिएका फुटबल, भलिबल, ह्यान्डबल, बास्केटबल तथा ब्याडमिन्टन गरी कुल पाँच खेलमा उत्कृष्ट स्थान हासिल गर्ने प्रत्येक समूहका प्रशिक्षार्थीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । यसका साथै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई ट्रफी तथा प्रमाण प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशकले प्रहरी निरीक्षक आधारभूत तालिममा समावेश यस किसिमको प्रतियोगिताले प्रशिक्षार्थीहरू मानसिक तथा शारीरिक रूपमा स्वस्थ रहने हुनाले उक्त  प्रतियोगितालाई अझै व्यवस्थित, पारदर्शी र समय सापेक्ष बनाउनका लागि संचालन कार्यविधि तयार गरी स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालयमा पेश गरिएको व्यहोरा जानकारी गराउनु भएकाे थियाे ।

कार्यकारी निर्देशकले प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई ज्ञापन गर्नुका साथै आगामी तालिम कार्यक्रमका लागि शुभकामना तथा निर्देशन सम्बोधन गरि कार्यक्रम सम्पन्न गर्नु भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत प्रतिष्ठानका निर्देशक, अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, सह-निर्देशकहरु, उप-निर्देशकहरु अन्य सिनियर प्रहरी अधिकृतहरु, तथा प्रशिक्षक वर्गहरूको समेत उपस्थित रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083