प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ २२ सोमवार १८:५९
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल क्रिकेट संघको आयोजनामा २०८०।०९।२८ गतेदेखि २०८०।१०।२० गतेसम्म काठमाण्डौ र भैरहवामा संचालन भएको “प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता” मा नेपाल प्रहरीको क्रिकेट टिम सहभागी भई आफुले खेलेका १० वटै खेलमा अपराजित रहँदै २०८०।१०।२० गते सम्पन्न फाईनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गरी च्याम्पियन बन्न सफल भएकाे थियाे ।

नेपाल कराते महासंघको तत्वावधान तथा जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा २०८०।१०।१८ गतेदेखि २० गतेसम्म सातदोबाटो स्थित कराते एकेडेमी हलमा सञ्चालन भएको “तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता” मा १० स्वर्ण, ३ रजत र ३ कास्य पदक गरी कुल १६ पदक प्राप्त गरी टिम च्याम्पियन भएकाे थियाे ।
साथै रामेछाप जिल्ला तेक्वान्दो संघको आयोजनामा २०८०।१०।१९ र २० गते रामेछापको गाल्पामा सञ्चालन भएको “8th Taekwon-Do ITF Professional National Championship-2024” मा १ स्वर्ण र १ कास्य पदक गरी कुल २ पदक प्राप्त गरेको थियाे।
बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा मिति २०८०।१०।११ गतेदेखि ऐ. १३ गतेसम्म नेपालगन्जमा सञ्चालन भएको “प्रथम नेपालगञ्ज राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता-२०८०” मा ४ कास्य पदक प्राप्त गर्न सफल भएकाे थियाे ।

ललितपुर टेबल टेनिस क्लबको आयोजनामा २०८०।१०।१६ गतेदेखि २० गतेसम्म सञ्चालन भएको “6th Samjhana Cup Int’l Tennis Championship-2024” मा ३ कास्य पदक प्राप्त गर्न सफल खेलाडी तथा प्रशिक्षकहरुलाई आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले कार्यक्रमका बीच सम्मान गर्नु भएकाे थियाे ।
































