न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ २२ सोमवार १९:५१
shares

काठमाडौ । जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठद्वारा न्यानो कपडाहरु वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
“समुदाय-प्रहरी साझेदारी”(Community-Police Partnership) कार्यक्रम अन्तर्गत २०८०।१०।१७ गते जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा न्यानाे कपडा बितरण गरिएकाे हाे ।
जिल्ला रौतहट गौर न.पा. वडा नं. ५ स्थितमा रहेको आधारभूत विधालय बाल मन्दिर गौर रौतहटमा अध्ययनरत विधार्थीहरुलाई जाडो मौसमबाट बच्ने उपाय तथा जाडोमा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराईएको र सोही विधालयमा अध्ययनरत रहेका फरक क्षमता भएका असहाय २३ जना विधार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको हाे ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक एलिजा गिरी, अन्य प्रहरी कर्मचारीहरू तथा श्री आधारभूत विधालय बाल मन्दिरका शिक्षक,शिक्षीकाहरुको उपस्थिति रहेको थियो ।
































