(Nepal Police School Ghorahi, Dang) काे ३९ औँ वार्षिकोत्सब समारोह सम्पन्न

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतकाे प्रमुख आतिथ्यता तथा विद्यालयका अध्यक्ष प्रहरी बरिष्ठ उपरीक्षक दिपक कुमार बस्नेतकाे सभापतित्वमा दाङमा अवस्थित ( nepal police school ghorhi, dang) विद्यालयको ३९ औँ वार्षिकोत्सब समारोह सम्पन्न भएकाे छ ।
सो अवसरमा वर्ष शिक्षक, वर्ष अभिभावक, वर्ष विद्यार्थी र वर्ष प्रहरीको उपाधि सहित सम्मान – पत्र प्रदान गरिएको थियो । साथै विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट छात्रवृति प्रदान गरिएको थियाे ।
विद्यालयमा अध्ययनरत छात्र-छात्राहरुले विविध नृत्य तथा सांकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका करिव आठ सय जना अभिभावकहरुको उपस्थिति रहेको थियाे ।
२२ माघ २०८०, सोमवार २१:३७ बजे प्रकाशित