स्वरुप परिवर्तन (Modify) गरेका २७ ओटा मोटरसाइकल चालक ट्राफिक प्रहरीको कारवाहीमा

3.76K
shares

काठमाडौ । स्वरुप परिवर्तन गरी चर्को आवाज निकाली ध्वनी प्रदुषण गराउने २७ ओटा मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

नियमित चेकजाँचमा निरन्तर रुपमा कारवाही गर्दै आएकोमा गत शुक्रबार देखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अभियाननै संचालन गरेर स्वरुप परिवर्तन गरी चलाउने सवारी साधनका चालकलाई कारवाही गर्न थालेको हो ।

जथाभावी रुपमा साइलेन्सर, लाईट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिल लगायतका पुर्जाहरूलाई परिवर्तन गरी मोटरसाइकल चलाउदा सवारी दुर्घटना हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचलाई तिब्रता दिएको हो ।

स्वरुप परिवर्तन गरि चलाइएका सवारी साधनबाट निस्कने चर्को आवाजले वृद्ध वृद्धा, बालबालिका र संवेदनशिल क्षेत्र (स्कुल तथा अस्पताल) मा प्रत्यक्ष असर पर्ने तथा ध्वनी प्रदुषण समेत हुने हुँदा त्यस्ता सवारी साधनलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी साधनको स्वरुप परिवर्तन गरी सवारी साधन चलाउदा १,००० देखी १५,००० सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083