आर्थिक प्रशासन ग्रेड-२ (जु.प्र.अ.) तालिम १७ औँ समुहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न

6.53K
shares

काठमाडौ ।  राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा आर्थिक प्रशासन ग्रेड-२ (जु.प्र.अ.) तालिम १७ औँ समुहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भएकाे छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालन भएको आर्थिक प्रशासन ग्रेड-२ (जु.प्र.अ.) तालिम १७ औँ समुहको अन्तरक्रिया तथा समापन कार्यक्रम आज प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट राखिएका जिज्ञासाहरु सम्बोधन गर्ने क्रममा कार्यकारी निर्देशकद्वारा अबको समय Digitalization प्रणाली तर्फ उन्मुख भएको हुँदा यस तालिम सम्पन्न पश्‍चात जिम्मेवारी वहन गर्नुहुने प्रहरी कर्मचारीहरुले तालिममा सिकेका कुराहरुलाई ईमान्दारीपूर्वक पारदर्शी ढङ्गले कार्यक्षेत्रमा उतार्न निर्देशन दिनुभएको थियो ।

प्रमुख अतिथिज्यूबाट दीक्षित भई जाने ३ जना महिलासहित प्रहरी वरिष्ठ नायब निरीक्षक १, प्रहरी नायब निरीक्षक १ र प्रहरी सहायक निरीक्षक ३९ गरी जम्मा ४१ जना जुनियर प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा बधाई दिदै व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक जीवनको सफलताको शुभकामना प्रदान समेत गर्नुभएको थियो ।

साथै तालिम संयोजक प्रहरी नायब उपरीक्षक यादव ढकालले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जि.सी. लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुकाे समेत उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083