डीआईजी चन्दको राजीनामा उल्टियो, १० दिन बिदा बस्न अनुमति

3.68K
shares

काठमाडौँ । राजीनामा दिने यस अघिको निर्णयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द यूटर्न भएका छन् । उच्च तहमा भएको छलफलपछि उनी राजीनामा दिनबाट पछि हटेको बताइएको छ । उनको राजीनामा अघि बढाउन प्रहरी प्रधान कार्यालयले आनाकानी गर्दै १० दिनको बिदा स्वीकृत गरिदिएको छ ।

शुक्रबार चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेपनि अस्वीकृत भएको बताइएको छ । अहिले आएर प्रहरी प्रधान कार्यालयले चन्दले दिएको राजीनामाबारे छलफल भइरहेको बताउन थालेको छ । तर राजीनामा भने नआएको कार्यालयको भनाइ छ । सोहीअनुसार आईजीपी बसन्त कुँवरसँग छलफल गरेपछि चन्दले बिदा लिएका छन् । डीआईजी चन्दले पेस गरेको १० दिनको बिदा आईजीपी कुँवरले स्वीकृत गरेका छन् ।

राजीनामा प्रक्रिया नपुगेको हुनाले छलफलमा राखिएको प्रहरीका एक उच्च अधिकृतले बताए । उनी भन्छन्, ‘राजीनामा पत्र फरम्याटमा छैन, त्यसलाई मिलाउनुपर्ने हुनाले मन्त्रालयमा नपठाइएको हो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिको सिफारिस प्रति डीआईजी चन्द असन्तुष्ट थिए । समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेलाई सचेत गराउन सिफारिस गरेको थियो ।

चेकजाँचमा संलग्न प्रहरी जवानलाई पनि विभागीय कारबाहीको सिफारिस गरेपछि चन्दले असन्तुष्टि जनाउँदै भनेका थिए,‘मेरो जवानको गल्ती नहुँदा पनि मैले जोगाउन सकिन ।’ चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गल्ती नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत अधिकृतहरु बताउँछन् । उनले छानबिन समितिले प्रहरी कर्मचारीलाई कारबाहीको सिफारिस गरेपछि विरोध गरेका थिए । उनले उनीह?को बचाउमा प्रयषस गरेपनि नसकेपछि आक्रोशित बनेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083