कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमण सम्पन्न

4.71K
shares

ताप्लेजुङ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा उहाँले समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

उहाँले धार्मिक स्थल, पर्यटकिय क्षेत्रहरु भएको तर यातायातको पहुँच कम भएको पहाडी जिल्ला ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा भएका नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउने तथा सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

यसका साथै वहाँले समाजमा अपराधका घटना हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारी पुर्वक लागि पर्नु पर्ने बताउनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खापुङले जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय बुद्धिजिवि, नागरीक समाजका प्रतिनिधीहरु तथा संचारकर्मीहरुसंग भेटघाट गर्नु भई समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थाको वारेमा अन्तरक्रिया तथा छलफल समेत गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083