काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र जडान भईरहेका सिसिटिभि क्यामेराको अवलोकन कार्यक्रम सम्पन्न

काठमाडौ । काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र जडान भईरहेका सिसिटिभि क्यामेराको अवलोकन कार्यक्रम सम्पन्न भएकाे छ ।
२०८० साल १ महिना १२ गते काठमाण्डौ महानगरपालिकाको सहयोगमा रु. ६,००,००,०००/- (अक्षरेपी छ करोड) को सम्झौता-पत्र (Memorandum of Understanding, MoU) मा हस्ताक्षर सम्पन्न भई सार्वजनिक खरिद ऐन, २०६३ र खरिद नियमावली, २०६४ बोजिम टेण्डर आह्वान भई जडान कार्य भईरहेका सिसिटिभि क्यामेराको आज २०८०/१०/२३ गते काठमाण्डौ महानगरपालिकाको उप-प्रमुख सुनिता डंगोल, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, महानगरपालिकाका अन्य पदाधिकारीहरु र प्रहरी बरिष्ठ उपरीक्षकहरुद्वारा अवलोकन कार्यक्रम सम्पन्न भएको हाे।
२३ माघ २०८०, मंगलवार १८:२० बजे प्रकाशित