नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा नि.शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन ४ शुक्रवार १६:५३
shares

बाँके । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला प्रहरी कार्यालय, बाँकेको सहकार्य तथा शिक्षण अस्पताल नेपालगंजको प्राविधिक सहयोगमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुवँरकाे प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय बाँकेको प्राङ्गणमा “नि.शुल्क स्वास्थ्य शिविर” कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायत, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष निलम कडायत , जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, राष्ट्रिय अनुसन्धान विभाग बाँके प्रमुख उप-अनुसन्धान निर्देशक ओम बहादुर खड्का, सशस्त्र प्रहरी वल ३० नं. हे. क्वा. बाँकेका प्रमुख स.प्र.उ.बिमल डाँगी, शिक्षण अस्पताल नेपालगंजका प्रशासन प्रमुख कुमार अधिकारी तथा बिशेषज्ञ डाक्टरहरु तथा अन्य स्वास्थ्यकर्मीहरु, संचारकर्मीहरु, श्रीमती संघका पदाधिकारीहरु, बाँके जिल्ला अन्तर्गतमा रहेका बिभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु तथा आश्रित परिवार समेत ३७५ जनाले स्वास्थ्य अवस्थाको चेकजाँच गरेका थिए ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा बिशेषज्ञ डाक्टरहरुद्वारा ओ.पि.डि. ,दाँत, स्त्री रोग, बालरोग, सम्बन्धी प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य परिक्षण, परामर्श तथा नि:शुल्क औषधि बितरण समेत गरिएको थियो ।
अन्त्यमा उक्त शिविर संचालनमा आफ्नो क्षेत्रबाट सहयोग तथा सहाकार्य गरी सफलतापुर्व शिविर संचालनमा योगदान पुर्याउने प्र.उ. सुवास चन्द्र बोहरा, शिक्षण अस्पताल नेपालगंजका प्रशासन प्रमुख कुमार अधिकारी लगायत डाक्टरहरुलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरज्यूले प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नु भएको थियो ।















