माओवादी केन्द्र कामनपा ७ नम्बर वडा समितिद्वारा जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेलकाे सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन १४ सोमवार २३:०५
shares

काठमाडौ । नेकपा माओवादी केन्द्र काठमाडौ महानगरपालिका ७ नम्बर वडा समितिले बलिदान दिवसको अवसरमा जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेलकाे सम्झनामा दीप प्रज्वलन कार्यक्रम गरेकाे छ ।

७ नम्बर वडा समितिकाे आयोजनामा सम्पुर्ण महान सहिदहरुको सम्झनामा आज साँझ चाबहिलकाे स्तुपामा माओवादी केन्द्रका केन्द्रीय सदस्य अखिल (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष इन्द्र भुषालको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे हाे ।
दिप प्रज्वलन कार्यक्रमलाई सम्बाेधन गर्दै नेता भुषालले भने – “अहिलेकाे पुस्ताले सहिदकाे सम्मान सदैव गर्नुपर्छ, सहिदहरुलाई उच्च सम्मान गर्दै सहिदहरुले देखाएकाे बाटाेमा अगाडी बढ्नुपर्छ” । ‘अहिलेकाे अवस्थामा गणतन्त्र बिराेधी तत्वहरु सल्बलाई रहेका छन्, त्यसैले गणतन्त्रकाे बिराेध गर्नेहरुलाई अहिलेकाे पुस्ताले प्रतिकार गर्नुपर्छ, युवाहरु तयार हुनुपर्छ’ ।

उक्त दिप प्रज्वलन कार्यक्रमकाे अध्यक्षता वडा समितिका अध्यक्ष जीवन घिमिरेले गरेका थिए भने, कार्यक्रमकाे संचालन सचिव कमल न्याैपानेले गरेका थिए ।
दिप प्रज्वलन कार्यक्रममा बागमती प्रदेश सदस्य डम्बर अधिकारी, रत्नमनी गौतम , खगेन्द्र संग्राैला रामेश्वर जङ्ग केसी,पिताम्बर गिरि त्यसै गरी प्रस्ताबीत बागमती प्रदेश सदस्य मदन लिम्बू, शंकर दत्त बोगटी वडा समितिका पदाधिकारी, सदस्य युवा विद्यार्थी नेता मदन लिम्बू , दुतराज तामाङ लगाएतकाे उपस्थिति रहेकाे थियाे ।



















