तेक्‍वान्दो आधारभूत तालिम ३५ औँ समूहको समापन कार्यक्रम सम्पन्‍न

4.95K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमूख आतिथ्यतामा तेक्‍वान्दो आधारभूत तालिम ३५ औँ समूहको समापन कार्यक्रम सम्पन्‍न भएकाे छ ।

२०८०/०४/१५ गते देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा संचालित कूल १५६ कार्यदिन अवधिको तेक्वान्दो आधारभूत ३५ औँ समूहको तालिम प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमूख आतिथ्यतामा एक समारोह बीच समापन कार्यक्रम सम्पन्‍न भएकाे हाे ।

उक्त कार्यक्रममा दीक्षित भई जाने प्रशिक्षार्थी तथा प्रशिक्षकहरूबाट तेक्‍वान्दो सम्बन्धि ऐरोबिक नृत्य प्रदर्शन साथै बेसिक किक प्रदर्शन, निहता लडाइ तथा रियल टाईम फाईटिङ् सेल्फ डिफेन्स प्रदर्शन, हमन गेरुगी प्रदर्शन, पुम्से प्रदर्शन, तेक्वान्दो प्रशिक्षकहरुद्धारा विशेष महिला आत्मरक्षा कला प्रदर्शन गरिएको थियो ।

त्यसैगरी World Taekwondo Kukkiwon Headquarter कोरियासँग समन्वय गरी कालो पेटी (Black belt 1st Dan) को परीक्षा समेत लिईएकोमा उक्त परीक्षामा समेत सम्पूर्ण प्रशिक्षार्थीहरु उतीर्ण हुन सफल भई सफलता प्राप्त गर्ने सबैलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको तर्फवाट प्रमुख अतिथीज्यूले ब्ल्याक बेल्ट समेत प्रदान गर्नु भएको थियो ।

प्रमुख अतिथीले प्रशिक्षणमा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरणका साथै शारीरिक र मानसिक रूपमा स्वस्थ र तन्दुरुस्त रहेर आत्मरक्षाको आधारभूत ज्ञान, सीप र कौशलको प्रयोग गरि व्यक्ति, संगठन र राष्ट्रको छविलाई व्यवसायिक जिवन तथा संगठनको हित हुने गरि समुचित सदुपयोग गर्न समेत निर्देशन दिनुभएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083