लुम्बिनिकाे बाहिरी क्षेत्रकाे सुरक्षा सशस्त्रलाई दिन काेषकाे ध्यानआकर्षण

4.69K
shares

लुम्बिनी । लुम्बिनि विकास काेषका पदाधिकारी सहितकाे टाेलीले आईतबार विहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटघाट तथा छलफल गरेकाे छ । काेषका उपाध्यक्ष डा. ल्हारक्याल लमा (खेन्पाे छिमे) ले बुद्वजन्मस्थल लुम्बिनीकाे सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरि गुरूयाेजना क्षेत्र बाहिरकाे सुरक्षा शसस्त्र प्रहरी मार्फत हेर्ने व्यवस्था गर्न माग गरे ।

उपाध्यक्ष डा. लामाले यसअघि काेषकाे बैठकले शसस्त्र प्रहरीकाे स्थायी बेस क्याम्पका लागि निर्णय गरि गृहमन्त्रालयमा फाईल पठाएकाे बताउदै पहलका लागि ध्यानआकर्षण गराए । उक्त अवसरमा काेषकाे ध्यानआकर्षणपछि पप्रधान तथा गृहमन्त्री श्रेष्ठले शसस्त्रकाे स्थायी बेस क्याम्पका लागि पहल गर्ने प्रतिबद्वता जनाए । लुम्बिनि गुरूयाेजनाकाे ११ सय ५५ विगाहा क्षेत्रफलमा फैलिएकाे छ । यसकाे बाहिरी घेरा सशस्त्र

काेषकाे कामका सन्दर्भमा थप सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताए । छलफलमा उपाध्यक्ष डा लामाले गुरुयोजना  कार्यान्वयन, बृहत्तर लुम्बिनि क्षेत्रकाे विकासका सन्दर्भमा संघिय सरकारबाट सहयाेगकाे अपेक्षा राखेकाे बताएका थिए । भेटघाट तथम छलफलमा काेषाध्यक्ष सिद्विचरण भट्टराईले आन्तरीक आम्दानीबाट खर्च गरिदै आएकाे बताउदै बजेटमा प्राथमिकतम दिन आग्रह गरे ।

छलफलमा काेषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनि विकास क्षेत्र संवेदनशिल भएकाले यहाँकाे सुरक्षाफसंयन्त्रलाई बलियाे बनाउनुपर्ने बताए । उनले लुम्बिनि बाहिरकाे सुरक्षा सशस्त्र प्रहरीले गर्नुपर्ने तर, अस्थायी भएकाले यसलाई स्थायी बेशकयाम्प बनाउन अनुराेध गरे। छलफलमा काेषका याेजना प्रमुख स्मिता भट्ट, बाेर्ड सदस्य श्याम राेक्का, विश्वराज पाैडेल, बरिष्ठ ईञ्जिनियर सराेज भट्टराई, लेखा अधिकृत भिम बस्नेत लगायतकाे उपस्थिति थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083