२६ दिने कार्य अवधी “अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) छैठाै समुहकाे तालिम” सम्पन्न

6.53K
shares

भरतपुर । भरतपुर शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा २६ दिने कार्य अवधीको “अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम” छैठौ समूहको तालिम सम्पन्न भएकाे छ ।

आर्थिक बर्ष (आ.व. ८०/८१ ) को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार २०८०/१०/२१ गते देखि नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित २६ कार्यदिन अवधीको “अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम” छैठौ समूहको तालिम आज सम्पन्न भएकाे हाे ।

प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीले तालिममा सहभागिहरुसँग अन्तरक्रिया गर्नु भएकाे थियाे ।

उक्त अवसरमा प्रमुख अतिथीले सहभागिहरूबाट आएका जिज्ञासाहरुको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।

साथै तालिम संयोजक प्रहरी निरीक्षक एल्जीना राईले तालिम प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रहरी बरीष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक भरत बहादुर बि.क प्रहरी नायब उपरीक्षक, निरीक्षक , सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083