तेस्रो रोजवड आर्ट्स एग्जीबिशन २०८० सम्पन्न

9.27K
shares

काठमाडौं । रोजवड स्कुलद्वारा आयोजित तेस्रो रोजवड आर्ट्स एग्जीबिशन २०८० सम्पन्न भएको छ ।

काठमाडौंको बुद्धनगरमा रहेको रोजवड स्कुलले नेपाल आर्ट काउन्सिल बबरमहलमा  आयोजना गरेको रोजवड आर्ट्स एक्जिविशन २०८० भव्यरुपमा सम्पन्न भएको हो ।

फाल्गुन २० देखि २४ गतेसम्म चलेको प्रदर्शनीमा कलाकारहरु , विदेशीहरु  र अभिभावकहरुले अवलोकन गरेका थिए ।

प्रदर्शनीमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले बनाएको कलाहरु प्रदर्शनमा राखिएको थियो ।  मण्डला लिप्पन आर्ट , अफ्रिकन आर्ट र हस्तकला सम्बन्धी कला समेटिएको प्रदर्शनी  बिहान १० बजेदेखि साँझ ४ बजे सम्म पाँच दिन चलेको थियो ।

आर्ट्स शिक्षिका पुष्पान्जली थापा लगायत अन्य दुई शिक्षकले विद्यार्थीहरुलाई  लामो समयदेखी रोजवडमा आर्ट सिकाइरहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083