प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनकाे निरीक्षण (तस्बिरमा हेर्नुस् )

7.41K
shares

चितवन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनकाे निरीक्षण गर्नु भएकाे छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा सञ्चालन भईरहेको विभिन्न तालिम गतिविधिको निरीक्षण तथा अनुगमन गर्नु भएकाे हाे।

शिक्षालयका प्रहरी कर्मचारी साथै आधारभूत तथा सेवाकालीन तालिमका प्रशिक्षार्थीहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । निर्देशन सम्बोधनका क्रममा एउटा कोरा मान्छेलाई दक्ष प्रहरी बनाउन शिक्षालयमा कार्यरत गुरुबा, प्रशिक्षकहरूले दिएको प्रशिक्षणको सरहना गर्दै सिमित श्रोत साधन र बिनियोजित सिमित बजेटका वावजुद पनि अधिकतम व्यवस्थापन र प्रभावकारी परिचालन गरि शिक्षालयको साख कायम राखेकोमा शिक्षालयका निर्देशक सहित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रशिक्षकको प्रभावकारी व्यवस्थापन गर्दै संगठनले सोचे अनुरुपको दक्ष र व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गर्न विशिष्टीकृत कार्यमा शिक्षालय पूर्ण रूपमा सफल हुनुपर्ने र यस शिक्षालयले संगठनको जनशक्ति व्यवस्थापनमा उच्च योगदान रहेको बताउनु भयो । तालिम प्रदायक संस्थाको सेवाग्राही भनेकै प्रशिक्षार्थी भएकोले कर्मकाण्डी प्रशिक्षण मात्र नभई व्यवसायिक, आधुनिक, वैज्ञानिक र अनुशासित तवरको जनताले चाहने प्रहरी उत्पादन तथा Proactive र Reactive Policing मात्र नभई Environmental Policing को विकास भैसकेको परिपेक्ष्यमा यसको योजना समेत सुरू गर्नुपर्ने समय आएको बताउनु भयो ।


सानातिना कमिकमजोरी समेत हुन नदिई प्रशिक्षार्थीहरूलाई अधिकतम सुविधा प्रदान गरी सकारात्मक धारणा राख्ने जनशक्ति उत्पादन गर्ने तर्फ लाग्न निर्देशन दिदै प्रहरी कर्मचारीले आफुले कुन तालिम कहिले गर्ने योजना गरी व्यवस्थापन समेत गरोस भन्ने हेतुले Trainees Calendar निर्माण गरिएको, सरुवा/बढुवा अनुमान योग्य बनाई सबैलाई समान अवसर वितरण गर्नका लागि सरुवा मापदण्ड समेत निर्माण भएको बताउनु भयो ।

प्रशिक्षार्थीहरूलाई तालिमका लागि सम्पूर्ण सामाग्री राज्यले नै दिनुपर्ने सम्बन्धी Proposal समेत तयार गरी तालुक कार्यालयहरूमा प्रतिवेदन गरिएको जानकारी गराउनु हुँदै निरीक्षण सम्बोधनको क्रममा शिक्षालयको भौतिक तथा अन्य संरचना सुधार तथा व्यवस्थापनका लागि सहयोगको प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

निरीक्षणको क्रममा विभिन्न शाखा, ब्यारेक, मेस, बाह्य तथा आन्तरिक प्रशिक्षण गतिविधिहरू लगायत विविध पक्षहरूको स्थलगत अवलोकन गरि शिक्षालयको हाता भित्र वृक्षारोपण समेत गर्नुभएको थियो ।

सोही अवसरमा यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीले प्रमुख अतिथिमा धन्यवाद ज्ञापन गर्नु हुँदै प्रमुख अतिथिबाट प्राप्‍त निर्देशन तथा सुझावहरूलाई अक्षरस पालना गरि शिक्षालयमा कार्यरत प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको मनोवल उच्च बनाउन दत्तचित्त भई कार्य गर्ने र वर्तमान अवस्थामा समाजले रुचाउने व्यावसायिक, दक्ष र क्षमतावान प्रहरी जनशक्ति उत्पादन तर्फ लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे थियाे ।

साथै शिक्षालयको वस्तुस्थिति, भौतिक पूर्वाधारमा गरिएका कार्यहरू तथा शिक्षालयका विभिन्न कार्यप्रगति विवरण लगायत विद्यमान अवस्थाको प्रशिक्षण गतिविधि सहितको प्रस्तुतीकरण समेत गरिएको थियो ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक भरत बहादुर बि.क, प्रहरी नायब उपरीक्षक, निरीक्षक, जुनियर / सिनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083