e – QRT (Equipping the Police QRT) को शुभारम्भ तथा QRT परेडको सुरुवात कार्यक्रम सम्पन्न

5.14K
shares

काठमाडौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख अतित्थ्यतामा e – QRT (Equipping The Police QRT) को शुभारम्भ तथा QRT(Quick Response Team) परेड कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौमा बुधबार आयोजित एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले e – QRT को शुभारम्भ साथै QRT परेड सुरुवात लगायत QRT कमान्डरलाई QRT ACCESSORIES समेत हस्तान्तरण गर्नुभयो ।


कार्यक्रममा प्रस्तुतीकरण प्रस्तुत गर्दै जिल्ला प्रहरी परीसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र वहादुर खत्रीले प्रहरी कर्मचारी तथा प्रहरी कार्य हमेसा जवाफदेही हुनुपर्ने हुँदा प्रविधीको सहयोगले समाजमा घटित अपराधलाई न्यूनिकरण गर्न तथा प्रमाणमुखी अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने बताउनु भयो ।

सो कार्यक्रमका विशेष अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार बस्नेतले प्रहरी जनशक्तीलाई दक्ष र आधुनिक प्रविधियुक्त साधन श्रोत सम्पन्न बनाए सही सूचना तथा सही प्रमाण सङ्कलन हुने तथा अपराध अभियोजनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रविधिले सदैव सत्यलाई मात्र उजागर गरिराख्ने भएकोले नेपाल प्रहरीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउन अपरीहार्य भएको अवस्थामा यो कार्य सृजनशील भएको र यसबाट अपेक्षित लाभ हासिल हुन सक्ने तथा आधुनिक समयमा प्रविधिको प्रयोग गरी घटनाहरू घटाइने हुँदा प्रविधियुक्त e – QRT ले डिजिटल प्रमाण प्रदान गर्ने हुँदा विभिन्न कसूरको अनुसन्धानमा सहज पुर्‍याउने साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन e – QRT टोली कोसेढुङ्गा सावित हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

साथै QRT ACCESSORIES को प्रयोगले Real Time Location पहिचान गरी आकस्मिक उद्वार लगायतका प्रहरी कार्यमा प्रभावकारी तवरले प्रहरी परीचालन गर्नुका साथै Police Control Room संगको समन्वयमा सहज बनाउने तथा नागरीक र प्रहरी कर्मचारीको बोली व्यवहारमा समेत निगरानी हुने बताउदै काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर तथा भक्तपुरलाई समेत यस्तो सृजनशील कार्य तुरुन्त लागु गर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा काठमाण्डौ जिल्ला सरकारी कार्यालयका प्रमुख,सहन्याधिवत्ता सन्देश श्रेष्ठ, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल,जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायतका प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083