तेस्रो रोजवड आर्ट्स एग्जीबिशन २०८० सम्पन्न
वि.सं.२०८० फागुन २४ बिहीवार २२:१०
9.26K
shares
shares

काठमाडौं । रोजवड स्कुलद्वारा आयोजित तेस्रो रोजवड आर्ट्स एग्जीबिशन २०८० सम्पन्न भएको छ ।
काठमाडौंको बुद्धनगरमा रहेको रोजवड स्कुलले नेपाल आर्ट काउन्सिल बबरमहलमा आयोजना गरेको रोजवड आर्ट्स एक्जिविशन २०८० भव्यरुपमा सम्पन्न भएको हो ।
फाल्गुन २० देखि २४ गतेसम्म चलेको प्रदर्शनीमा कलाकारहरु , विदेशीहरु र अभिभावकहरुले अवलोकन गरेका थिए ।

प्रदर्शनीमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले बनाएको कलाहरु प्रदर्शनमा राखिएको थियो । मण्डला लिप्पन आर्ट , अफ्रिकन आर्ट र हस्तकला सम्बन्धी कला समेटिएको प्रदर्शनी बिहान १० बजेदेखि साँझ ४ बजे सम्म पाँच दिन चलेको थियो ।
आर्ट्स शिक्षिका पुष्पान्जली थापा लगायत अन्य दुई शिक्षकले विद्यार्थीहरुलाई लामो समयदेखी रोजवडमा आर्ट सिकाइरहेका छन् ।





























