प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा तालिम कार्यक्रम सम्पन्न

4.93K
shares

राैतहट । जिल्ला  प्रहरी कार्यालय राैतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा तालिम कार्यक्रम सम्पन्न भएकाे छ ।

आ.व. २०८०/०८१ को वार्षिक तालिम क्यालेण्डर अनुसार २०८०/११/२० गते देखी २०८०।११।२७ सम्म कार्यालयमा संचालन ६ (छ) कार्य दिन अवधिको प्र.ब.ह./प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित बिशेष अनुशिक्षण कार्यक्रम (घुम्ती प्रशिक्षण) “अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष तालिम” तालिम, आज सम्पन्न भएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथिले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र, वितरण गर्नुका साथै सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएकोमा बधाई दिनु भई तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा अझ थप उत्कृष्ट ढङ्गबाट सम्पादन गर्न निर्देशन समेत दिनु भएकाे थियाे ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक एलिजा गिरी , प्रहरी निरीक्षक सिनियर /जुनियर प्रहरी अधिकृतहरु लगाएतकाे उपस्थिति रहेको थियाे ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083