पर्सा प्रहरी कार्यालयद्वारा राजश्व छली, तस्करी गरी भित्र्याइएका ३ करोड भन्दा बढी मूल्यको सामग्री नियन्त्रणमा

3.91K
shares

वीरगन्ज   ।  जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनामा राजश्व छलेर तस्करी गरी भित्र्याइएका ३ करोड रुपैयाँभन्दा बढी मूल्यको सामग्री नियन्त्रणमा लिएको छ।

गत फागुनमा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका प्रहरी कार्यालयले राजश्व छलेर चोरी तस्करी गरी ल्याइएका ३ करोड ३१ लाख २ हजार ३२३ रुपैयाँ मूल्यको सामान नियन्त्रणमा लिएको हो ।
जिल्लाका विभिन्न स्थानबाट फागुनमा तस्करी गरी ल्याइएका कपडा, हार्डवेयर, मोटरपार्टस, मोबाइलका पार्टस, औषधि, भाँडावर्तन, पेय पदार्थ, जुत्ता चप्पल, प्याज लगायत गरी ३ करोड ३१ लाख रुपैयाँ मूल्यका सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए।
एसपी ढुंगेलका अनुसार पर्सामा गत फागुन महिनामै ९३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। यस्तै गत फागुन महिनामै पर्साका विभिन्न स्थानबाट गाँजा १४ केजी, नेपालमा प्रतिबन्धित ट्याब्लेट २ हजार ५८५ पिस, खैरो हेरोइन २० ग्राम ९५ मिलिग्राम र कोरेक्स ८ बोत्तल बरामद गरेको जानकारी दिए।

divya collage
unigloble collage