प्रहरी उपरीक्षक रुपेश खड्काकाे प्रमुख आतिथ्यतामा परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

5.67K
shares

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यलय प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काकाे प्रमुख आतिथ्यतामा परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं.७ स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अन्तरक्रिया कार्यक्रम भएकाे हाे ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक साथै लैंगिक हिंसा विरुद्ध काम गर्ने सरकारी तथा गैर-सरकारी संघसंस्थाहरु र सामुदायिक सुधार संस्था लगायत सरोकारवाला निकायहरुका पदाधिकारीहरुको उपस्थितिमा परिचयात्मक भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गरिएकाे थियाे ।

उक्त कार्यक्रममा प्रहरी नायब निरीक्षक , निरीक्षक जुनियर /सिनियर प्रहरी अधिकृतहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083