दुवै मृर्गौला फेल भएका अमृतध्वजको आग्रह : ‘जति सक्नुहुन्छ सहयोग गरेर मलाई बचाइदिनुस्’
वि.सं.२०८० चैत ७ बुधवार १९:०९
8.94K
shares
shares

काठमाडौं । दुवै मृर्गौला फेल भएर सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुर अस्पतालमा उपचाररत अमृतध्वज वाईबाले आफूलाई बचाउनका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।
सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका वडा नं. ५ निवासी अमृतध्वजको मृर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह छ । उनको मृर्गौला प्रत्यारोणमा लाखौँ रुपियाँ लाग्ने भएको छ ।

‘मेरो दुवै मृर्गौला फेल भएकाले म अहिले उपचारको क्रममा अस्पतालमा छु, मृर्गौला प्रत्यारोपणका लागि लाखौँ रुपियाँ रकम चाहिन्छ भनेर डाक्टरले भन्नुभएको छ’ बिरामी अृमतध्वज भन्छन, ‘मलाई नयाँ जीवन दिलाउनका लािग तपाईको एक गाँस काटेर भए पनि सहयोग गरिदिनुहुन म आग्रह गर्न चाहन्छु ।’





















