“निःशुल्क स्वास्थ्य शिविर एवं जनचेतनामुलक कार्यक्रम” सम्पन्न

प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यकाे प्रमुख आतिथ्यतामा "निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Nepal Life Insurance Long Ad

सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यकाे प्रमुख आतिथ्यतामा “निःशुल्क स्वास्थ्य शिविर एवं जनचेतनामुलक कार्यक्रम” सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौंको आयोजनामा लुम्विनी प्रदेश प्रहरी अस्पताल, नेपालगन्ज बाँके र कर्णाली प्रदेश प्रहरी स्वास्थ्य उपचार केन्द्र, सुर्खेतको प्राविधिक सहयोगमा नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारी र परिवार, पुर्व प्रहरी तथा परिवार एवं अमर/अशक्त प्रहरी परिवारलाई लक्षित गरी सामान्य तथा Highly Prevalent Diseases (उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, खाने मुखको क्यान्सर, पाठेघर सम्वन्धी रोगहरु आदि) सम्बन्धी चेकजाँच र ल्याव परिक्षण कार्य गर्न कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा “नि.शुल्क स्वास्थ्य शिविर एवं सचेतनामुलक कार्यक्रम” सम्पन्न भएको हाे ।

प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य प्रमुख अतिथी रहेको उक्त कार्यक्रम उद्‍घाटनको क्रममा प्रमुखले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरीष्ठ उपरीक्षक बीर बहादुर ओली, लुम्विनी प्रदेश प्रहरी अस्पताल, नेपालगन्ज बाँकेका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा.अमिन कुमार श्रेष्ठ, प्राविधिक प्रहरी उपरीक्षक डा.अच्युत बिक्रम हमाल लगायत बिशेषज्ञ डाक्टरहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाह, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का, कर्णाली प्रदेश प्रहरी गण सुर्खेतका प्र.ना.उ.रिपेन्द्र कुमार सिंह तथा अन्य स्वास्थ्यकर्मीहरु लगायत प्रहरी अधिकृत तथा जवानहरू, पुर्व प्रहरी कर्मचारी र प्रहरी परिवारहरुको उपस्थिति रहेको थियो ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा बिशेषज्ञ डाक्टरहरुद्वारा ओ.पि.डि. हाडजोर्नी, मेडिसिन, गाईनो, दाँत सम्बन्धी बहालवाला प्रहरी कर्मचारी २६८ जना र उनका परिवार ३६ जना, पुर्व प्रहरी ३ जना गरी जम्मा ३०७ जनाको स्वास्थ्य अवस्थाको चेकजाँच गरी निःशुल्क औषधि वितरण गर्नुका साथै परामर्श समेत प्रदान गरिएको थियो ।

७ चैत २०८०, बुधवार १९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु