प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीकाे प्रमुख आतिथ्यतामा “अप्रेशनल कमाण्ड तथा ब्यवस्थापन (OCM Level-1) (जु.प्र.अ.) उन्नाईसौँ समूहको तालिम” सम्पन्न

4.6K
shares

चितवन । भरतपुर शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीकाे प्रमुख आतिथ्यतामा “अप्रेशनल कमाण्ड तथा ब्यवस्थापन (OCM Level-1) (जु.प्र.अ.) तालिम” उन्नाईसौँ समूहको  तालिम सम्पन्न भएकाे छ ।

आर्थिक बर्ष  २०८०/८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार २०८०/११/०८ गते देखि नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित  तालिम प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरुसँग अन्तरक्रिया समेत गरि तालिम समापन भएकाे हाे ।

उक्त अवसरमा प्रमुख अतिथीले सहभागिहरूबाट आएका जिज्ञासाहरुको सम्बोधन गर्दै प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिनु भएकाे थियाे ।

साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो। तालिम संयोजक प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रमका प्रहरी उपरीक्षक , निरीक्षक सिनियर /जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।

(तस्बिरमा हेर्नुस् )