प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न

4.64K
shares

बिराटनगर । काेशि प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भएकाे छ ।

२०८० माघ ०८ गतेबाट  सञ्चालन भएको ४८ कार्यदिन अवधिको प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालीन) तालिम ४-१८८ औं  समूहको आज २०८० चैत्र ०७ गते सम्पन्न भएकाे हाे ।

४८ कार्यदिन अवधिको तालिममा जम्मा ५० जना प्रहरी सहायक निरीक्षकहरुको  सहभागिता रहेको थियो । तालिम संयोजक तथा केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक रविन विष्टले तालिम सम्बन्धि प्रतिवेदन पेश गर्नु भएको थियो भने तालिम समापन समारोहको सहजीकरण प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुले गर्नु भएको थियो ।


divya collage
unigloble collage