ललितपुर जिल्ला प्रहरी कार्यलयद्वारा फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा

3.48K
shares

ललितपुर । ललितपुर जिल्ला प्रहरी कार्यलयले फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यलय ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालले उक्त योगदानको उच्च कदर गर्दै  नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रहरी सहायक हवल्दार दिपक सुनारलाई प्रदान गरेका हुन् ।

  हवल्दार सुनारले नेपाल प्रहरी सङ्गठनले दिएको जिम्मेवारी पूर्ण रुपमा लगनशील, वफादार र कर्तव्यनिष्ठ भई अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गरेका हुन् ।

साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको प्रत्त्याभूत गराई आम नागरिक माझ प्रहरी सङ्गठनको गरिमालाई उच्च पार्नु भएकोमा उक्त योगदानको उच्च कदर गर्दै  नगद पुरस्कार तथा प्रशंसा-पत्र सहित प्रहरी पहरागण कार्यालय सामाखुसी काठमाण्डौं दरबन्दी भई प्रहरी प्रभाग सानेपामा कार्यरत प्रहरी सहायक हवल्दार दिपक सुनार लाई २०८० साल फागुन महिनाको “Police of The Month” घोषित गरि पुरस्कृत गरिएको थियाे ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक, निरीक्षक, सिनियर / जुनियर  प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083