होलीकाे अवसरमा प्रहरी कार्यलय माेरङद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

4.8K
shares

माेरङ । होली तथा फागु पूर्णिमाको अवसरमा जिल्ला प्रहरी कार्यलय माेरङले शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।

फागु पुर्णिमा (होली) २०८० को अवसरमा जिल्ला प्रहरी कार्यलय माेरङमा आयोजित होली विशेष शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

होलिको उपलक्षमा कार्यलय प्रमुख प्रहरी उपरीक्षक नबराज कार्कीद्वारा सम्पुर्ण प्रहरी कर्मचारीहरुमा होलीको शुभकामना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय सिरहा मातहत समेतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई टिका लगाई दिनु भएकाे थियाे । साथै हिरासतमा रहेका थुनुवाहरू समेतलाई कार्यालय प्रमुख प्रहरी उपरीक्षक कार्कीले एक आपसमा रङ लगाई शुभकामना आदान प्रदान गर्नु भएकाे थियाे।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक, निरीक्षक सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083