विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत १२ सोमवार २२:३७
shares

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्माकाे प्रमुख आतिथ्यतामा विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको २०८०/१२/०७ गतेको पत्रादेशानुसार कार्यालयबाट प्रहरी वृत्त, थानकोट, सरुवा भएका प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदी, त्यसै गरि ईलाका प्रहरी कार्यालय, बर्दिबास, महोत्तरीमा प्र.ना.उ. रेबति रमण पोखरेल सरुवा भएका हुन् ।

एक कार्यक्रमको विच कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्माद्वारा मायाको चिनो प्रदान गरी सफल कार्यकालको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे हाे ।
सोही अवसरमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई कार्यालय प्रमुखले आवश्यक निर्देशन समेत दिनु भएको थियाे ।































