प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न

6.63K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर, काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ५४७६ २०८०/१२/०७ गतेको पत्रानुसार जिल्ला प्रहरी परिसर,काठमाडौं तथा मातहत नगर प्रहरी, भृकुटीमण्डप, प्रहरी वृत्त कालिमाटी, कीर्तिपुर, थानकोट, बालाजु, जनसेवामा कार्यरत प्रहरी नायब उपरीक्षकहरुकाे सरुवा भएकाे हाे ।

आफ्नो कार्य क्षेत्रमा पाल्न लाग्नु भएको हुँदा उहाँहरुले दिएको योगदानलाई कदर गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकद्वारा खादा ओडाई मायाको चिनो प्रदान गर्नु भएकाे हाे ।

साथै प्रशिक्षार्थी प्रहरी निरीक्षक आधारभूत तालिम १८२ औं समूहमा सहभागी भई व्यवहारिक अध्ययनको लागि २०८०।११।२० गतेदेखि २०८०।१२।१२ गतेसम्म परिसर तथा मातहत वृत्त/प्रभागहरुको काम, कारवाही र अनुसन्धानको अध्ययन पश्चात फिर्ता भएका प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई बाँकी प्रशिक्षण सफलता पूर्वक सम्पन्न गर्नका लागि शुभकामना सहित बिदाई गर्नु  भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083