जनचेतनामूलक पाठ्य सामाग्री, २०८१ हस्तान्तरण तथा सम्झौता कार्यक्रम सम्पन्न

6.15K
shares

काठमाडौ । काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा जनचेतनामूलक पाठ्य सामाग्री, २०८१ हस्तान्तरण तथा सम्झौता कार्यक्रम सम्पन्न भएको छ।

‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत काठमाण्डौ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर ५ हरिसिद्धि स्थीत नागार्जुन नगरापालिकाको सभाहलमा जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ, नागार्जुन नगरपालिका र प्रहरी वृत्त स्वयम्भूको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत, उपप्रमुख शुशिला अधिकारी, जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौँका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्री, प्रहरी उपरीक्षक नवराज अधिकारी, नागार्जुन नगरपालिकाको १० वटै वडाका वडा प्रमुख र वडा प्रतिनिधी, नागार्जुन नगरपालिकाका १० वटै वडाका ७५ वटा विद्यालयका प्रधानाध्यापक, प्याब्सन र एन प्याब्सनका पदाधिकारीहरु स्थानीयहरुकाे उपस्थीतिमा “जनचेतनामूलक पाठ्य सामाग्री, २०८१ हस्तान्तरण तथा सम्झौता कार्यक्रम” सम्पन्न भएको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083