पदाेन्नति भएकाहरुलाई एसपी मिलन के.सी.द्वारा दर्ज्यानि चिन्हद्वारा शुशाेभन प्रदान

3.91K
shares

झापा । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.काे प्रमुख आतिथ्यतामा दर्ज्यानि चिन्ह सुशोभन कार्यक्रम  सम्पन्न भएको छ ।

प्राबिधिक प्रहरी समुह संचार तर्फ प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा तथा पदस्थापना भएका अशोक कुमार चौहान साथै जनपद तर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी सहायक हवल्दारहरुलाई प्रहरी उपरीक्षक मिलन के.सी.ले  दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएकाे हाे ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम पश्चात कार्यालय प्रमुख तथा प्रमुख अतिथिले बढुवा भएका प्रहरी कर्मचारीहरुलाई बढाई तथा शुभकामना दिनु हुदैं पदोन्नति संगै प्राप्त थप जिम्मेवारीलाई नयाँ उर्जाका साथ प्रहरी आचरण तथा व्यवहारमा रही ईमान्दारि पुर्वक पालना गर्न समेत निर्देशन दिनु भएको थियो ।

दर्ज्यानी सुशोभन कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083