प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन डिआईजी खापुङद्वारा निर्देशन

5.73K
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमणको क्रममा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

ट्राफिक कार्यालयको निरीक्षण भ्रमणको क्रममा उहाँले सम्पुर्ण शाखाहरु र ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा प्रयोग गर्ने सामग्री र उपकरणहरु ममेतको निरीक्षण गर्नु भएको थियो ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिने क्रममा वहाँले आम नागरिकहरुमा सडक सु-शासनको महसुस हुने गरी पहिलो प्राथमिकताका साथ ट्राफिक ब्यवस्थापन मिलाउन तथा चेकिङको क्रममा कसैलाई दुःख हैरानी नदिन र गैह्र ब्यवसायिक कार्य नगर्न निर्देशन दिनु भएको छ । उहाँले सम्पुर्ण प्रहरी कर्मचारीहरु आपसमा भाईचाराको भावनाका साथ काम गर्नु पर्ने बताउदै प्रहरीले सदैव आफ्नो पदिय दायित्व अनुसारको जिम्मेवारी तथा कर्तब्य निर्वाह गरी आत्मिय भावनाका साथ आम सेवाग्राहीहरुमा समान ब्यवहार गर्नु पर्ने बताउनु भयो ।

साथै उहाँले सवारी दुर्घटना न्युनिकरण गर्न आवश्यक चेक प्वाईन्ट राख्न तथा सवारी चालक, पैदल यात्रीहरुलाई नियमित रुपमा ट्राफिक प्रशिक्षण दिन र प्रभावकारीरुपमा प्रबिधिको प्रयोग गरी ट्राफिक ब्यवस्थापन मिलाउन समेत निर्देशन दिनु भयो । निर्देशनको क्रममा मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083