एआईजी सन्दिप भण्डारीद्वारा स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न (तस्बिरमा हेर्नुस् )

4.93K
shares

काठमाडौ  । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा आयोजनाका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले स्थलगत भ्रमण तथा अनुगमन गर्नु भएको छ ।

भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वार्ड नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान परियोजनाको स्थलगत अनुगमन तथा प्रगति विवरणको प्रस्तुतीकरण कार्यक्रम आज सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा आयोजनाका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, भारतीय दुतावास, काठमाडौंका First Secretary (Development Partnership and Reconstruction Wing) अविनास कुमार सिंह लगायत अन्य सदस्यहरु, ने.प्र.प्र.प्र.का., भौतिक पूर्वाधार निर्देशनालयका प्र.ना.म.नि.ई. फणिन्द्र बराल , प्र.व.उ. ई . राम कुमार चौधरी, आयोजनाका परामर्शदाता, CPWD (Central Public Works Department, GoI) का ईन्जिनियर,निर्माण व्यवसायी ACIL-RCPL JV का प्रतिनिधी तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

परामर्शदाताका प्रमुख ई. राजेश कुमारले आयोजनाको भौतिक तथा आर्थिक प्रगति विवरण, आयोजना कार्यान्वयनमा देखा परेका समस्याको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यकारी निर्देशकले आयोजनामा देखापरेका सम्पुर्ण समस्याको सम्बोधन गरी समयमै समाधान समेत गर्ने जानकारी गराउँदै कार्यक्रममा उपस्थित आयोजनाका सम्पूर्ण सरोकारवाला निकायहरुलाई तोकिएको जिम्मेवारी त्रुटि रहित ढंगले सम्पादन गरी आयोजनालाई निर्धारित समय अवधी भित्र सम्पन्न गर्नहुन अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित अथितिज्यूहरुले निर्माणाधिन सम्पूर्ण भवनहरुको अवलोकन तथा अनुगमन समेत गर्नुभएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083