“शहरी ट्राफिक व्यवस्थापन समस्या समाधानमा सरोकारवालाको भूमिका” विषयमा Panel Discussions कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत २२ बिहीवार १९:२९
shares

काठमाडौ ।“शहरी ट्राफिक व्यवस्थापन (प्र.ना.उ./प्र.नि.) तालिम” छैठौं समूहका प्रशिक्षार्थीहरुसंग “शहरी ट्राफिक व्यवस्थापन समस्या समाधानमा सरोकारवालाको भूमिका” विषयमा Panel Discussions कार्यक्रम सम्पन्न भएको छ ।

२०८०/१२/०४ गते देखि प्रतिष्ठानमा सञ्चालित “शहरी ट्राफिक व्यवस्थापन (प्र.ना.उ./प्र.नि.) तालिम” छैठौं समूहका प्रशिक्षार्थीहरुसंग प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, यातायात व्यवस्था विभागका महानिर्देशक उद्वव रिजाल, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमूख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलकाे उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।
साथै सडक विभागका बरिष्ठ डिभिजन ईन्जिनियर प्रकाश भण्डारी र नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलासँग प्रशिक्षार्थीहरुद्वारा “शहरी ट्राफिक व्यवस्थापन समस्या समाधानमा सरोकारवालाको भूमिका” विषयमा Panel Discussions कार्यक्रम आज सम्पन्न भएको थियाे ।































