एसपी महेन्द्र खड्काले सम्हाले जिल्ला प्रहरी कार्यालय बाराको जिम्मेवारी
वि.सं.२०८० चैत २६ सोमवार २२:१७
4.24K
shares
shares

बारा। प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रले जिल्ला प्रहरी कार्यालय बारामा कार्यालय प्रमुखको रूपमा सरूवा भएका प्रहरी उपरीक्षक महेन्द्र खड्काले आज जिल्ला कार्यालय बाराकाे जिम्मेवारी सम्हालेका छन् ।

बारा प्रहरी कार्यालय प्रमुखको रुपमा सरुवा भएका एसपी खड्काले पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन् ।



















