एसपी दिलिप घिमिरेले सम्हाले जिल्ला प्रहरी कार्यालय राैतहटको जिम्मेवारी
वि.सं.२०८० चैत २६ सोमवार २१:३४
4.25K
shares
shares

राैतहट । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रले जिल्ला प्रहरी कार्यालय राैतहटमा कार्यालय प्रमुखको रूपमा सरूवा भएका प्रहरी उपरीक्षक दिलिप घिमिरेले आज जिल्ला कार्यालय राैतहटकाे जिम्मेवारी सम्हालेका छन् ।

राैतहट प्रहरी कार्यालय प्रमुखको रुपमा सरुवा भएका एसपी घिमिरेले पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन् ।






























