प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न

3.67K
shares

बिराटनगर । काेशी प्रदेश प्रहरी तालिम केन्द्र  बिराटनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया  तथा समापन कार्यक्रम सम्पन्न भएको छ ।

२०८० चैत्र १९ गतेबाट संचालन भएको ०६ कार्य दिन अवधिको विमानस्थल सुरक्षा गार्ड (प्र.ज. देखि प्र.व.ह.) अनुशिक्षण तालिम २८ औं समूहको तालिम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा दीक्षीत भई जाने प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथीले शुभ-कामना एवं बधाई दिदै कार्यक्षेत्रमा पाएको जिम्मेवारी अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ, सभ्य र सुसंस्कृत हुँदै राज्य, संगठन र जनताप्रति इमान्दार भएर कार्यसम्पादन गर्नु हुन समेत निर्देशन दिनु भयो ।

कार्यक्रममा यस केन्द्रका सह- समादेशक प्र.ना.उ.रविन विष्ट, प्रहरी निरीक्षक तथा तालिम संयोजक आशिस पोखरेल, जुनियर प्रहरी अधिकृतहरु तथा गुरुवा वर्गहरुको उपस्थिति रहेको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083