अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत २७ मंगलवार १५:२०
shares

भरतपुर । नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।
आ.व. २०८०/८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार २०८०/१२/०४ गते देखि नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित “भीड नियन्त्रण (प्र.ज. देखि जु.प्र.अ.) तालिम” २० औँ समूहको तालिम आज सम्पन्न भएको हाे ।

उक्त अवसरमा प्रमुख अतिथीले सहभागिहरूबाट आएका जिज्ञासाहरुको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।
साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रहरी उपरीक्षक भरत बहादुर बि.क, प्रहरी नायब उपरीक्षक, निरीक्षक , सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेकाे थियाे ।































