“शान्ति सुरक्षा सम्बन्धी नागरिक सुनुवाई तथा अग्नी नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम” सम्पन्न

4.3K
shares

काठमाडौ । प्रहरी वृत नयाँबानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीकाे प्रमुख आतिथ्यतामा “शान्ति सुरक्षा सम्बन्धी नागरिक सुनुवाई तथा अग्नी नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम” सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा “समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत सामुदायिक सेवा तथा समाज विकाश एंव सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर – ३२ महादेवस्थान स्थित सामुदायिक सेवा तथा विकास समाजका महासचिव  रविन्द्र थापाकाे अध्यक्षता रहेको थियाे ।

का.म.न.पा.-३२ वडाका वडा सदस्य भगवान बुढाथोकी, प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्र.नि. बिनोद सुवेदी, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्र.नि. अच्युत राज गिरी, प्रहरी प्रभाग काडाँघारीका प्रमुख प्र.नि. श्याम कुमार कट्वालकाे बिशेष आतिथ्यता रहेको थियाे ।

कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजका अध्यक्ष बैजुहरी भट्टराई, कोटेश्वर समाज सुधार युवा क्लवका अध्यक्ष सुवास कुमार रिमाल, कोटेश्वर व्यवसायी संघका अध्यक्ष गोरख थापा र विभिन्न संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु लगायत स्थानिय भद्र भलादमी, समाजसेवीहरुकाे उपस्थिति रहेकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083