नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

4.5K
shares

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरको अध्यक्षता तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धीन मुसलमानको प्रमुख आतित्थ्यतामा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १० महिलावार स्थित नगरपालिकाको सभाहलमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना तथा इलाका प्रहरी कर्यालय लुम्बिनी रुपन्देहीको सहकार्यमा नागरिकहरुको गुनासो र प्रहरी कार्यप्रतिको जवाफदेहिताको लागी नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरले शान्ति शुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, लागु औषध नियन्त्रण, चोरी तस्करी नियन्त्रण तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सम्पादन गरीएका कार्यहरुको बारेमा जानकारी दिनुका साथै सहभागीहरुको तर्फबाट उठेका प्रश्न एवम् गुनासाहरुको सम्बोधन गर्नु भएको थियाे ।

कार्यक्रममा उप-प्रमुख कल्पना हरीजन, स्थानिय जनप्रतिनिधीहरु, पत्रकारहरु, पुर्व प्रहरी कर्मचारीहरु, समाजसेवीहरु, बुद्दिजिवि, स्थानिय आमा समुह, बिभिन्न विद्यालयका शिक्षकहरु, होटल व्यवसायी संघका अध्यक्ष, लुम्बिनी विकास कोषका प्रतिनिधिहरु, स्थानिय बासिन्दाहरुकाे उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083