प्रदेश स्तरिय सुरक्षा गोष्ठी” सम्पन्न

4.85K
shares

धनुषा । उप-प्रधान एवं गृह मन्त्री रवि लामीछानेको प्रमुख आतिथ्यतामा “प्रदेश स्तरिय सुरक्षा गोष्ठी” सम्पन्न भएको छ ।

गृह मन्त्रालय र मधेस प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हाे ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, मधेस प्रदेशका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखी, गृह सचिब एकनारायण अर्याल, अर्थ सचिव कृष्णहरी पुस्कर नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, नेपाली सेनाको मध्य पुर्वी पृतनापति हेडक्वाटर बर्दिबासका प्रमुख उपरथी सुदर्शन सिलवालकाे उपस्थिति रहेको थियाे।

साथै गृह मन्त्रालयका सह-सचिव नारायण प्रसाद भट्टराई, मधेश प्रदेश गृह, संचार तथा कानून मन्त्रालयका सचिव विरेन्द्र कुमार यादब, मधेश प्रदेशका आठ (८) वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, मधेश प्रदेश स्तरका सुरक्षा निकायका प्रमुखहरू लगायत जिल्ला स्तरका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिती रहेको थियो ।

उक्त सुरक्षा गोष्ठीको पहिलो उद्‍घाटन सत्र पश्चात सहभागी प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

मन्त्रालय, संगठन तथा विभागको तर्फबाट सहभागी प्रमुख/प्रतिनिधीहरुले आ-आफ्नो धारणा राख्नुका साथै उप-प्रधान एवं गृह मन्त्री रवि लामीछानेको निर्देशन सम्बोधन पश्चात गृह सचिब एकनारायण अर्यालको निर्देशन मन्तव्य सँगै कार्यक्रम समापन भएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083