डिआईजी खापुङद्वारा उदयपुर जिल्लामा CCTV तथा GPS जडान उद्घाटन
वि.सं.२०८० चैत २९ बिहीवार १३:३०
5.71K
shares
shares

गाईघाट । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा CCTV तथा GPS जडान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा उदयपुर जिल्लाबाट चल्ने लामो दुरीका यातायातहरु प्रबिधियुक्त बनाउने अभियान अन्तर्गत त्रियुगा नगरपालिका ३ त्रियुगा बसपार्कमा “सार्वजनिक यातायातमा प्रविधिको प्रयोग, जनधनको क्षति दुर्घटना न्यूनिकरणमा सहयोग” भन्ने मुल नाराका साथ लामो दुरीका यातायातहरुमा CCTV तथा GPS जडान कार्यक्रम गरिएकाे हाे ।

साथै उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी प्रा.लि. बिच Memorandum Of Understanding ) (सम्झौता पत्र) मा हस्ताक्षर कार्यक्रम समेत सम्पन्न भएको थियाे ।































