एसपी कार्कीले सम्हाले जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मेवारी
वि.सं.२०८० चैत २९ बिहीवार १६:२७
3.93K
shares
shares

बाके। प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रले जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यालय प्रमुखको रूपमा सरूवा भएका प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले आज जिल्ला प्रहरी कार्यालय बाँकेकाे जिम्मेवारी सम्हालेका छन् ।

बाँके प्रहरी कार्यालय प्रमुखको रुपमा सरुवा भएका एसपी कार्कीले पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन् ।






























