प्रहरी उपरीक्षक नवराज अधिकारीकाे प्रमुख अतिथ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

5.64K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक नवराज अधिकारीकाे प्रमुख अतिथ्यतामा सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी प्रभाग नयाँ बसपार्क गोगंबु काठमाडौंले गरेको कार्य सम्पादन सम्बन्धी सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

समयमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रभाग नयाँ बसपार्कको आयोजनामा का.जि. टोखा न.पा. वडा नं. ०८ बानियाटारमा काठमाडाै जिल्ला टोखा नगरपालिका  वडा नं. ८ का वडा अध्यक्ष रमेश खत्रीकाे अध्यक्षता रहेको थियाे ।

उक्त कार्यक्रममा का.जि.का.म.न.पा. वडा नं. २६ का वडा अध्यक्ष , का.जि. टोखा न.पा. अन्तर्गत टोखा न.पा. वडा नं. ३,८,९,१० र ११ का वडा अध्यक्षहरु, सामुदायिक सेवा केन्द्र गोगंबुका प्रतिनिधी, नेपाली होटल तथा काठमाडौं होटल व्यवसायी र राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका अध्यक्षहरु साथै बिभिन्न क्लब, सामाजिक संघ संस्था ,टोल विकास समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083