प्रहरी उपरीक्षक मिलन के.सी.काे प्रमुख आतिथ्यतामा दर्ज्यानि चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

4.3K
shares

झापा । जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.काे प्रमुख आतिथ्यतामा दर्ज्यानि चिन्ह सुशोभन कार्यक्रम  सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न.६४५२  २०८१।०१।१४ गतेको पत्रले प्राबिधिक प्रहरी समुह,इन्जिनियरिङ्ग उप समुह, संचार तर्फको प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा र च.न.६४५३  २०८१।०१।१४ गतेको पत्रले सोही समुह तर्फको प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हाे ।


सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको दर्ज्यानि चिन्ह सुशोभन कार्यक्रममा कार्यालय प्रमुखले बढुवा भएका प्रहरी कर्मचारीहरुलाई बढाई तथा शुभकामना दिनु हुदैं पदोन्नति संगै प्राप्त थप जिम्मेवारीलाई नयाँ उर्जाका साथ प्रहरी आचरण तथा व्यवहारमा रही ईमान्दारि पुर्वक पालना गर्न समेत निर्देशन दिनु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083