प्रहरी उपरीक्षक सन्तोष आचार्यको प्रमुख आतिथ्यतामा बिदाई तथा मायाको चिनो प्रदान कार्यक्रम सम्पन्न
वि.सं.२०८१ वैशाख १५ शनिवार २१:४४
4.72K
shares
shares

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यको प्रमुख आतिथ्यतामा बिदाई तथा मायाको चिनो प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी जवान पदमा नयाँ नियुक्ति भए अनुसार प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम १२७ को उपनियम १ क (६) बमोजिम ५२ वर्ष पुरा भई उमेर हदको आधारमा अनिवार्य अवकाश हुनु भएका पूर्व प्रहरी नायव निरीक्षक पूर्ण प्रसाद दाहाललाई बिदाई तथा मायाको चिनो प्रदान गर्नु भएको हो ।
उक्त कार्यक्रममा प्रहरी अधिकृत तथा सिनियर जुनियर प्रहरी कर्मचारीहरुको उपस्थीती रहेको थियो ।



































