प्रहरी कार्यालय झापाकाे सफलता : लागुऔषध कारोबारी पक्राउ

4.59K
shares

झापा । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले  आज गोली चलाएको छ ।

झापाको झापा गाउँपालिकास्थित कुमरखोदमा गोली हानेर प्रहरीले सरिकुल आलमलाई पक्राउ गरेको हो ।

झापा प्रहरी प्रमुख एसपी मिलन केसीले लागुऔषध नियन्त्रण ब्यूरोसँगको संयुक्त अपरेसनका क्रममा उनलाई पक्राउ गरिएको पुष्टि गरेका हुन् ।

विज्ञप्ति सहित

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कुमरखोदमा उनले लागुऔषध कारोबार गर्न लागेको सूचना पाएपछि प्रहरी परिचालित भएकाे थियो । ‘लामो समयदेखि उनी त्यसक्षेत्रबाट लागुऔषध ओसारपसारमा संलग्न थिए’, केसीले भने, ‘त्यसक्रममा सर्भिलेन्समा राखिरहेका बेला एउटा घरमा डिल हुन लागेको सूचना थियो ।’

घरमा गएर जाँच गर्न थालेपछि उनले खुकुरी लिएर प्रहरीलाई आक्रमण गर्न खोजेको एसपी केसीले बताए । त्यसक्रममा प्रहरीले गोली हानेर उनलाई पक्राउ गरेको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083