निरीक्षण कार्यक्रम सम्पन्न (तस्बिरमा हेर्नुस् )

जनकपुर । मधेश प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राज कुमार लेखीले मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नु भएको छ ।
निरीक्षणकाे क्रममा मधेश प्रदेश प्रहरी कार्यालयमा रहेका सम्पूर्ण शाखाहरुको निरीक्षण गरि त्यहाँको बस्तुस्थिति एवं समस्याहरुको बारेमा जानकारी लिनु भयो ।
शाखाहरुको निरीक्षण पश्चात मन्त्री समक्ष मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलद्वारा मधेश प्रदेश प्रहरीको समग्र शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा प्रहरी परिचालन लगायत मधेश प्रदेश प्रहरीको समग्र अवस्था तथा मधेश प्रदेश प्रहरीको समस्याहरुको बारेमा Power Point द्वारा प्रस्तुतीकरण गर्नु भएको थियो ।
साथै धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. ४ स्थित नेपाल प्रहरी प्रदेश कार्यालय बीरगंज (हाल जनकपुरधाम धनुषा) को हाताभित्र मधेश प्रदेश प्रहरी कार्यालयको निर्माणाधिन प्रशासकिय भवनको निरीक्षण गरि भवनको भौतिक प्रगति, आगामी कार्ययोजना तथा समस्याहरुको बारेमा समेत जानकारी लिनु भएको थियो ।
उक्त कार्यक्रममा सिनियर /जुनियरत प्रहरी अधिकृतहरु लगाएतकाे उपस्थिति रहेको थियाे ।
१७ वैशाख २०८१, सोमवार १८:१४ बजे प्रकाशित